Logo

९ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट वृहत् भण्डाफोर कार्यक्रम गर्दैछ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘वृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन पोखराबाट कार्यक्रम शुरु गरिँदैछ ।

यस्तै फागुन १७ गते बुटवल, १८ गते धनगढी, २१ गते जनकपुर, २५ काठमाडौं र अन्तिम कार्यक्रम फागुन २७ गते सुर्खेतमा हुने गुरुङले जानकारी दिए ।

कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।


सम्बन्धित समाचार