
१३ फागुन,काठमाडौं । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमवार युक्रेनलाई थप १ हजार मिलियन युरो (१,०४६ मिलियन अमेरिकी डलर) सहयोग गर्ने प्रीतवद्धता व्यक्त गरेका छन्। व्यापक सहायता प्याकेजमा मानवीय सहायता, पुनर्निर्माणको लागि कोष र शान्तिको खोजीमा सहयोग समावेश छ।
स्पेन युक्रेनको पूर्ण सार्वभौमिकताप्रति प्रतिवद्ध रहेको भन्दै युक्रेनले मात्र यसको भविष्यको निर्णय गर्नसक्ने बताए। युक्रेन बिना युक्रेनको बारेमा केही नभएको र युरोप बिना युरोपेली सुरक्षा नरहेको बताए।
स्पेन युक्रेनलाई जति सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाए। एजेन्सी