
१४ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीले निकाल्नुभएको विज्ञप्तिमा भारतको केआईआईटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ ।
त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected] / [email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ ।
केआईआईटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले ज्यान गएपछि उत्पन्न असुरक्षाका कारण केही नेपाली विद्यार्थी बीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।