
२२ फागुन, काठमाडौँ । पाकिस्तानको बलूचिस्तान प्रान्तमा विस्फोट हुँदा ४ जनाको मत्यु भएको छ । प्राय सधै अशान्त रहने बलुचिस्तानको बजार क्षेत्रममा रोकिराखेको एउटा मोटरसाइकलमा गराइएकोे विस्फोटबाट अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । विस्फोट भएको ठाउँमा रहेको केही सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैबीच बलूचिस्तानका मुख्यमंत्री मीर सरफराज बुगतीले घटनाको निन्दा गदै विस्फोट गराउने संलग्न जो कोहीलाई कडाभन्दा कडा सजाय दिने दावी गरेका छन् । साथै उनले घाइतेहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आदेश जारी गरेका छन् ।