Logo

५ चैत,काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

मंगलबार गृहमन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिपक थापालाई ३१ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

दज्र्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै सुधार आवश्यक गर्ने प्रतिवद्धता जनाए।

उनले आफू प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै संगठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए। उनले संगठनभित्र कार्यक्षमताको उचित मूल्यांकन गर्ने र पूर्वाग्रही भावना नराखि समन्वयात्मक भूमिकाका लाग्ने प्रतिवद्धता जनाए।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे।

उनले मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए। थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गरेका थिए।

 


सम्बन्धित समाचार