
५ चैत,वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसको मतदान अझै जारी रहेको छ । साँझ पाँचबजेसम्म पनि मतदान गर्नेहरुको लाम लामो भएपछि मतदान गर्ने समय १० मिनेट थपिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार ठाकुरराम बहुुमुखी क्याम्पसमा अहिलेसम्म चार हजार तिन सय ६ मत खसेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा मतदाता संख्या दशहजार सातसय २९ जना रहेको छ । मतदान अनुसार कूल मतदाता संख्याको पचास प्रतिशत मत ठाकुरराम बहुमुखी क्याम्पसमा खस्ने अनुमान गरिएको छ ।