Logo

६ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको मतगणना पनि स्थागित गरिएको छ । मतगणना सकिएर मंगलबार राति नै मतगणना गरिएपनि केही मतपत्रमा विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।

मतगणना अन्तिम चरणमा पुग्दा नेपाल विद्यार्थी संघले पुनःमगणना हुनुपर्ने माग गरेपछि मतगणना स्थागित भएको हो । मतगणना हुदै गर्दा विद्यार्थी संगठनहरुले विरोध गरेपछि मतगणना रोकिएको निर्वाचन अधिकृत अञ्जु महतोले जानकारी दिईन् ।

सबैको सहमति र समझदारीमा पुनःमतगणना गर्ने प्रयास गर्दा पनि एउटा मान्दा अर्को नमान्ने र अर्को मान्दा फेरी अर्को समूह नमान्ने हुँदा मतगणना स्थगित हुन गएको महतोले बताईन् ।
मंगलबार भएको मतदानमा २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा २७१ मत खसेको थियो ।


सम्बन्धित समाचार