Logo

६ चैत,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमाको मतगणनाको विषयमा पुनः विवाद भएको छ ।

अहिले बिहान १० बजेदेखि मतगणना शुरु गर्ने भनिएपनि निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले उम्मेदवारको प्रतिनिधि नआएको बहाना बनाएर मतगणनामा आलटाल गरेर ढिलाई गरेकोमा फेरी अहिले मोबाईलको विषयलाई लिएर विवाद भएको छ ।

निर्वाचन समितिले उम्मेदवारका जनप्रतिनिधिलाई मोबाईल मतगणनास्थलमा लान निषेध गरेपछि विवाद भएको हो । निर्वाचन समिति र क्याम्पस प्रशासनले मतगणना स्थलमा सीसीटीभी क्यामेराको पनि व्यावस्था गरेको छैन । प्रतिनिधिहरुले मोबाईल पनि लान नपाउने भए मतगणना स्थलको कम्पाउण्डसम्म सञ्चारकर्मीलाई बस्न दिनुपर्ने विद्यार्थी संगठनले माग गरेका थिए ।

तर, सञ्चारकर्मीहरुलाई पनि बस्न नदिने भनेपछि विद्यार्थीहरुले विरोध जनाएका छन् । निर्वाचन समिति र क्याम्पस प्रशासनको गतिविधि पूरै शंकास्पद रहेको अखिल (क्रान्तिकारी) का पर्सा अध्यक्ष कविराज पटेलले बताए ।
उम्मेदवारका प्रतिनिधिलाई मोबाईल पनि लान नदिने, सीसीटीभी क्यामेराको व्यावस्था पनि नगर्ने र पत्रकारहरुलाई पनि मतगणना स्थलको कम्पाउण्डमा जान नदिने निर्वाचन समितिको व्यवहार शंकास्पद रहेको उहाँको भनाई छ ।


सम्बन्धित समाचार