१५ चैत, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज एसईई परीक्षा दिएका विद्यार्थीलाई घर फर्कन सहज बनाउन निःशुल्क सवारी सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
राजावादी र गणतन्त्रवादी समूहहरूका प्रदर्शनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि महानगरले यस्तो निर्णय लिएको हो।
महानगरपालिकाले परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरूलाई विद्यार्थीहरूको आवागमनमा सहजीकरण गर्न अनुरोध गरेको छ। साथै, यदि आवश्यक परे उनीहरूले पनि महानगरले उपलब्ध गराएको सेवाको लाभ लिन सक्नेछन्।
विद्यार्थीहरूले निम्न सम्पर्क नम्बरमा फोन गरी यातायात सुविधा प्राप्त गर्न सक्नेछन्:
-
बानेश्वरतर्फका लागि: नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल – ९८५१०६८०९६
-
रत्नपार्कतर्फका लागि: नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने – ९८५१०९३१७६
-
नयाँ बसपार्कतर्फका लागि: नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३
-
टेकुतर्फका लागि: नगर प्रहरी निरीक्षक प्रकाश पण्डित – ९८५१०५६३४६
-
महानगर प्रहरी बल हटलाइन: ०१५९०१७६४ / ९८५१३५६५०९
महानगरले अभिभावकहरूलाई पनि यस सेवाबारे जानकारी गराउन अनुरोध गरेको छ, ताकि कुनै पनि विद्यार्थी घर फर्कन समस्या नपरोस्।

















