Logo

१७ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी मालसामन लोड गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

सिर्सिया भंसार कार्यालयबाट जाँचपास गरी निस्केको ना २ ख ८५१९ नम्वरको ट्रकलाई वीरगञ्जको बहुअरी सडक खण्डबाट प्रहरीले नियन्त्रणमा लिएरका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचनाका आधारमा रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा ४१ लख ८६ हजार ५७८ बराबरको ट्रक र सो भित्र लोड रहेको सामानको मूल्यांकन गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।


सम्बन्धित समाचार