Logo

३ वैशाख,सेढवा । गहुँबाली भित्र्याएपछि खेतमा बाँकी रहेका गहुँको छवाली तथा ठुट्टा जलाउदा ग्रामीण भेगमा आगलागीको जोखिम बढेको छ । अहिले यस क्षेत्रका ८० प्रतिशत भन्दा बढी गहुँबाली कटानी भइसकेको छ । भने, २० प्रतिशत गहुँ भित्र्याउन बाँकी रहेको छ ।

गहुँ भित्र्याइसकेका खेतमा रहेका गहुँको छवाली र ठुट्टा दिनहुँ जलाईने काम भइरहेको छ । दैनिक जसो दर्जनौ बिघा जग्गामा रहेका छवाली ठुट्टामा जलाउन आगो बाल्ने गरिएको छ । चर्को घाम र पश्चिमको हावाका कारण छवाली ठुट्टामा सल्किएको आगो फैलिएर दनदनी बल्ने गरेको स्थानीय बताउछन् । यसले मानववस्ती तथा अन्य बालीमा समेत आगलागी तथा क्षति हुने जोखिम बढेको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं.– ५ महुवनमा किसानहरुले बुधबार दिउँसो छवाली ठुट्टामा लगाएको आगोले भित्र्याउन बाँकी रहेको गहुँबालीमा झण्डै सल्किएको रामकिशोर चौधरीले बताए। आगलागी भएपछि स्थानीयले पालिकामा रहेको बारुण यन्त्रले आगो निभाउन सफल भएको र गहुँबाली नष्ट हुनबाट बचेको चौधरीले बताए।

त्यस्तै सोमवार जगरनाथपुर गाँउपालिका वडा नं.– ३ मा गहुँको ठूठ्ठा र छवाली जलाउनका लागि बालेको आगो सल्किएर जीराभवानी गाँउपालिका वडा नं.– ३ जीतपुरको खेतसम्म पैmलिएको स्थानीय राजेन्द्र महतोले बताए। करिब चार बिघा जमिनमा रहेको गहुँबाली जोगाउन तत्काल हाभेस्टर मेशिन लगाई सो बाली भित्र्याउन पाएको महतोको भनाई छ ।

नयाँबर्ष मनाउन जंगलमा वनभोज खाइरहेको बेला खेतको फाँटमा आगलागी भएको सूचना पाएसंगै बाली जोगाउन दुई वटा दमकल चलाउन तैयारी अवस्था राखी गहुँबाली भित्र्याएको महतोले बताए। जीराभवानी गाउँपालिका वडा नं.– २ सेढवा निवासी बैद्यनाथ दास थारुले गाउँभन्दा पश्चिमी क्षेत्रमा रहेका खेतमा लागेको आगो भीषण रुप लिएर गाउँको किनारासम्म आगो फैलिएको बताए।

हावाहुरी कम हुँदै गएको र गाउँका करिब २०÷२५ जना यूवाको समूहले आगो नियन्त्रण गरेको थारुले बताए। हावाहुरी चलेको समयमा आगोले ठूलो रुपलिदै फैलिने गरेका हुँदा किसान सतर्क भएर छवाली ठूट्टा जलाउनु पर्ने थारुले बताए। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले छवाली ठूट्टा जलाउने सामान्य कुराले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताए।

हावाहुरी बढेसंगै आगलागीका जोखिम कम गर्न प्रहरीको सक्रियता बढाएको प्रहरी निरीक्षक थापाले बताए। किसानहरुमा जनचेतनाको कमी रहेकोले प्रहरी, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहकार्यमा जनचेतना मूलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको प्रहरी निरीक्षक थापाले बताए।

आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण प्रहरी यूनिटमा आगलागी सम्बन्धि नागरिकलाई सचेत गराउन र सधै सक्रिय रहन निर्देशन दिएको र समुदायमा पनि आगलागीबाट सचेत रहन आग्रह गर्दै आएको प्रहरी निरीक्षक थापाले बताए। गहुँको छवाली ठूट्टा सुकेको बेला जलाउन सकिने तर पानी परेपछि त्यसलाई जलाएर नष्ट पार्न निकै समस्या हुने हुँदा अहिले सतर्कता अपनाउदै जलाउन जरुरी रहेको किसानहरुको भनाई छ ।

गहुँको भुस खेतमा रहेका समयमा नयाँ बाली धान रोप्दा धानबालीमा निकै क्षति पु¥याउने गरेको किसानहरुको बुझाइ रहेको छ । अहिलेसम्म हर्दिनाथ १ जातको धानबाली रोपाई गर्न ढिलो हुने भएकोले किसानहरुले गहुँबाली ठूठ्ठा र छवाली जलाउन हतार भएको बताएका छन् ।


सम्बन्धित समाचार