Logo

१९ माघ,एजेन्सी । रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ ।युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताउनुभएको छ ।युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ ।

अमेरिकाको युद्ध अध्ययन संस्था आईएसडब्ल्यूले हालै मात्रै मस्कोले निर्णायक कदम चाल्न र पूर्वमा ठूलो आक्रमण गर्न सक्ने बताएको थियो ।रेज्निकोफले प्रत्याक्रमणको लागि तयारी गर्ने समेत बताउनुभएको छ ।

युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई आउँदो वसन्तयामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गर्नुभएको हो ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएरातिको सम्बोधनमा द्वन्द्वको स्थितिले आफ्नो सेनाको परीक्षण गरिरहेको बताउनुभएको छ ।


सम्बन्धित समाचार