Logo

१ जेठ, काठमाडौँ । काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो। आगलागी भएको टहरा फलामे टसबाट बनाइएको थियो।

त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायरहरूमा पूर्ण रूपमा क्षति पुगेको डिएसपी थापाले बताए। ४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको उनले बताए ।

क्षतिको थप विवरण संकलन भइरहेको पनि डिएसपी थापाले बताए ।

आगो निभाउनका लागि सशस्त्र प्रहरीबाट ४० जना र नेपाल प्रहरीका ३० जना गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए। विभिन्न कार्यालयबाट ६ वटा दमकल आगो निभाउने परिचालन गरिएको थियो ।


सम्बन्धित समाचार