Logo

२ जेठ, काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर बनाउन नहुने भन्दै अर्थविद् विश्व पौडेलविरुद्ध दायर भएको रिट दरपीठ गरिदिएको छ ।

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्। अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए । पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गरेको हो । तर, निवेदकले भने प्रशासनको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिएका छन् ।


सम्बन्धित समाचार