Logo

२ जेठ, काठमाडौं । काठमाडौँको नयाँ बानेश्वमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा जिपको ठक्कर ३ वर्षीय शिवांश झाको मृत्यु भएको हो । उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरालजानकारी दिएका छन् । आज कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले भारत भएर कात्यायनी बस्दै आएका झालाई ठक्कर दिएको थियो ।
जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


सम्बन्धित समाचार