२ जेठ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य नौ दिनपछि पुनः सुरु भएको छ ।
वैशाख २५ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको लाइसेन्स छपाइ नौं दिनपछि पुनः सुचारु भएको हो । प्रिन्टर बिग्रिएपछि विदेश जाने नेपाली नागरिक, शान्ति सेनाका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।

















