प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई आज ४ दिनको म्याद थप गरेको हो । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


सम्बन्धित समाचार