प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

७ जेठ, वीरगञ्ज । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हालको अवस्था
यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ। हाल कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज रातिको पूर्वानुमान
आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

सतर्कता
कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै