Logo

८ जेठ, काठमाडौं । धर्मको नाममा अवैध तरिकाले नेपालबाट भारतमा बालबालिकाको ओसार पसार हुने गरेको खुलेको छ ।

बागमती प्रदेशको विभिन्न जिल्लाहरु सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका १९ जना बालकको बुधबार उद्धार गरिएको छ । भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा लैजाँदै गरिएका उनीहरुलाई रुपन्देहीको सीमा क्षेत्रबाट उद्धार गरिएको हो । नेपाल–भारत दशगजा क्षेत्रमा रहेको भैरहवा नाकाबाट उनीहरुलाई बसमा चढाइ भारततर्फ लैजाँदै गरिएको अवस्थामा ‘किन इन्डिया’ नामक भारतीय संस्था र एसएसबीको पहलमा रोकिएको थियो । उद्धारपछि बालकहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । बच्चाहरूसँगै २ जना अनुसन्धानमा लैजाने मान्छेहरू पनि पक्राउ परेका छन् ।

१० देखि १६ वर्ष उमेरका ती बालकहरु एक जोर पातलो कपडा, हातमा एउटा–एउटा झोला र फुस्रो भारतसँगको सीमामा देखिएका थिए । शिक्षाको नाममा, धर्मको नाममा, रोजगार वा भविष्यको सपना देखाइ बालबालिका भारत तथा अन्य देशमा लैजाने प्रवृत्ति बढ्दो छ । भारतमा दलाई लामाले चलाएको एउटा गुब्बा छ । जहाँ नेपालबाट बालबालिकालाई शिक्षा, धर्मको लागि लैजाने गरिएको छ ।

ती उद्धार गरिएका बालकालिका पनि त्यही लैजाने सामान्य कागजात भेटिएको प्रहरी स्रोतले जनाएको छ । उक्त घटनाको बारेमा अनुसन्धान भैरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।
घटना विवरण अनुसार बिहान पौने १२ बजे सीमा क्षेत्रमा भारतीय युपी क्षेत्रको टुरिस्ट बस रिजर्व गरेर उनीहरूलाई लगिएको थियो । अभिभावकको सहायता विना लगिएको बालहरुको कानुनी अनुमति र सरकारी सिफारिस पत्र समेत कसैको पूरा थिएन ।

उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ र अभिभावकको खोजी गरी घर फर्काउने तयारी भइरहेको सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । बालकहरूको अवस्थाबारे जानकारी पाएपछि ‘किन इन्डिया’ संस्थाले तुरुन्तै एसएसबीलाई सूचित गरेको थियो । एसएसबीले सशस्त्र प्रहरीको सहकार्यमा नेपाल–भारत सीमामा बस जाँच गरी ती बालकहरूलाई फेला पारेको हो । भारततर्फ प्रवेश गरिनुअघि नै उनीहरूलाई नियन्त्रणमा लिएर र नेपाली सुरक्षाकर्मीलाई जिम्मा लगाइएको थियो ।

धर्म र शिक्षाको नाममा ओसारपसार

नेपाली बालबालिकालाई बौद्ध धर्मको अध्ययन गराउने भन्दै गैरकानुनी रूपमा गुम्बाहरूमा पु¥याउने क्रम केही वर्षदेखि बढिरहेको भारतको दिल्लीमा अवस्थित ‘किन इन्डिया’ संस्थाका निर्देशक नवीन जोशीले बताउनुभयो । अहिले दलाल, गुम्बा, अनलाइन विज्ञापन र गाउँका स्थानीय एजेन्टसम्मको जालो देखिएको उहाँ बताउनुहुन्छ ।

कानुनमा के छ ?

नेपालको कानुन अनुसार कुनै पनि बालबालिकालाई विदेश लैजान निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । अर्को देशमा बालबालिकालाई लैजाँदा सरकारी कागजात आवश्यक पर्छ र स्थानीय पालिकाबाट बाल कल्याण अधिकारीको सिफारिस, प्रमुख जिल्ला अधिकारीबाट अनुमति, गृह मन्त्रालयको अनुमति पत्र र शिक्षा मन्त्रालयमा दर्ता गरिएका संस्थामार्फत मात्र विदेश पठाउन सकिन्छ । तर, यीमध्ये कुनै पनि प्रक्रिया नपु¥याई बालकहरूलाई भारत लैजाने प्रयास गरिएको भेटिएको छ ।

उद्धार गरिएका बालकहरू अधिकांश ग्रामीण भेग क्षेत्रका थिए । उनीहरूलाई गुम्बामा पछि ‘मुफ्त शिक्षा’, ‘भविष्यको सुनौलो सपना’ देखाइएको थियो । तर वास्तविकता त्यस्तो नहुन सक्ने विगतका घटनाहरूले प्रमाणित गरिसकेका छन् ।


सम्बन्धित समाचार