९ काठमाडौं, जेठ । बिहीबार राति १ बजेर ४८ मिनेटमा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको खलंगा आसपास केन्द्रबिन्दु बनाएर ५।१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले यो भूकम्प कुनै पुरानो धक्काको परकम्प नभई नयाँ भूकम्प भएको पुष्टि गरेका छन्।
डा.अधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार यत्तिको म्याग्निच्युडको भूकम्पले सामान्यतया ठूलो क्षति नगर्ने बताएका छन्।
यसअघि, यही जेठ ६ गते कास्कीको सिनुवा आसपास केन्द्रबिन्दु बनाएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको जोखिममा रहेको नेपालमा पछिल्लो समय साना तथा मझौला भूकम्पका धक्काहरू महसुस भइरहेका छन्।

















