Logo

९ चितवन, जेठ । चितवनको खैरहनीमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको कार ९बागमती प्रदेश ०१–०३० च ११५७० एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

शुक्रबार बिहान १ः४५ बजे खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिना गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरी प्रवक्ता डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरेहेको छ।


सम्बन्धित समाचार
भर्खरै