Logo

११ जेठ, काठाडमौं । यो वर्ष मनसुन जुन १३ तारिख अघिनै भित्रिने संकेत देखिएको छ ।

नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन् ।
अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिख अघि नै भित्रिने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताएका हुन् ।

मौसमविद् अर्यालले अहिले यो अध्ययनकै क्रममा बताएका छन् । यद्धपी, भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै