१५ जेठ,काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट आफ्नो दल पछि नहटेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै पाण्डेले संविधान कार्यान्वयन गर्ने सवालमा आफूहरू इमानदार रहेकाले बजेट संसदमा पेस गर्न दिने स्पष्ट पारे।
उनले आजको बैठकमा आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्ने विषयका लागि मात्र सदन अगाडि बढाउन दिने बताए। अन्य कुनै पनि कार्यसूचीलाई अघि बढाउन नदिने उनको भनाइ थियो।















