प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रले समाचार हटाउने आदेश दिनु र पक्राउ पूर्जी जारी गरिनु संविधानको भावना विपरीत भएको बताएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले समाचार समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएको हो ।
आज उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै यसले पार्टीलाई गम्भीर बनाएको बताएका छन् । पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित भएको थियो ।

समाचार हटाउन दिएको आदेशप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । मिडियाबारे हेर्ने निकाय प्रेस काउन्सिल भएको भन्दै माओवादी केन्द्रले त्यसलाई छलेर सरकारले दमनको नीति लिएको समेत आरोप लगाएको छ ।

समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित रहेको स्मरण गराउँदै सरकारले प्रत्यक्ष रुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको माओवादीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


सम्बन्धित समाचार