प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ जेठ,दाङ । कैलाली प्रहरीले ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दाका दुई जना फरार प्रतिवादीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी–७ मा पक्राउ गर्ने क्रममा प्रहरीले मिलन चन्द र हृदम ढुङ्गानालाई गोली हानेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक बालनरसिंह राणाका अनुसार, फरार प्रतिवादीहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो। दुवै जनाको घुँडामुनि एक–एक राउन्ड गोली लागेको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका चन्द र ढुङ्गानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार