प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३१ जेठ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता आयातित ुवादु हरूको साटो नेपालको माटो सुहाउँदो ‘नेपालवाद’ आवश्यक रहेको बताएका छन्। बहुदरमाई नगरपालिका–३, नगरदाहमा आयोजित प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले उक्त कुरा बताएका हुन्।

सभापति पन्तले मार्क्स, लेनिन र माओले पनि तत्कालीन समयमा आ(आफ्नो देशको वस्तुस्थिति र परिस्थितिको अध्ययन तथा आकलन गरेर ती वादहरू प्रतिपादन गरेको उल्लेख गर्दै नेपालको सन्दर्भमा माओवाद, मार्क्सवाद र लेनिनवादको कुनै अर्थ नरहेको दाबी गरे।

उनले फरक सन्दर्भमा मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले २२ वर्षमा, भियतनामलाई हो चि मिन्हले २४ वर्षमा र सिंगापुरलाई ली क्वान यूले ३१ वर्षमा ुढुङ्गाबाट सुनु बनाएको दृष्टान्त दिँदै नेपाललाई भने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेशवादी दलहरू मिलेर ‘सुनजस्तो देशलाई दोहन गरेर खरानी’ बनाएको आरोप लगाए। अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको उनको भनाइ थियो।

भेलाले राजकिशोर साहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा राजु यादव, सचिवमा शत्रुधन यादव र सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिता देवी, संगीता देवी, सीतापति देवी, सफिना खातुन र कुश्मा देवी पासवान रहेका छन्।

रास्वपा बहुदरमाईका नगर सभापति चन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त भेलालाई केन्द्रीय सदस्य डा। नन्दन यादव, दिलीप कुर्मी, सुदीस प्रजापति लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए।


सम्बन्धित समाचार