प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

 

१ असार, काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानबीचको बढ्दो तनावका कारण त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासले एक वक्तव्य जारी गर्दै युद्धका कारण जोखिम बढेको भन्दै यस्तो सावधानी अपनाउन आग्रह गरेको हो।

वक्तव्यमा भनिएको छ कि युद्धको दौरानमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। इजरायलको होम फ्रन्ट कमान्डले सर्वसाधारणका लागि लगातार अद्यावधिक निर्देशनहरू जारी गरिरहेको छ, जसअनुसार शैक्षिक संस्था तथा अत्यावश्यकबाहेकका कार्यालयहरू बन्द रहेका छन्।

दूतावासले इजरायल सरकारद्वारा सभा, भेला नगर्न पनि निर्देशन जारी भइरहेको हुँदा, त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पूर्ण पालना गर्नसमेत ध्यानाकर्षण गराएको छ। नेपाली दूतावासले आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पछिल्लो परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार