Logo

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्‍मा आफ्नो विरोध जारी राख्ने घोषणा गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको गठन नभएसम्म विरोधका कार्यक्रमहरू नरोकिने रास्वपाका नेताहरूले बताएका हुन्। रास्वपाका नेता शिशिर खनालका अनुसार पार्टीका मागहरू सम्बोधन नभएकाले विरोध जारी राखिनेछ। भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेको र यही विषयलाई विपक्षी दलहरूले संसद्‍मा प्रवेश गराएका थिए।

यद्यपि, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भइसकेका छन्, तर रास्वपाले भने आफ्नो अडान छाडेको छैन। विरोधलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा जुटेको छ। यसका लागि रास्वपाका सांसदहरू नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा भेला हुँदैछन्।

आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्‍मा नाराबाजी गरेका थिए। आज सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअगाडि नै रास्वपाले संघर्षको नीतिबारे आन्तरिक छलफल गर्ने तयारी गरेको हो।


सम्बन्धित समाचार
भर्खरै