Logo

२ असार, काठमाडौं । एक जना डाक्टर सामाजिक सञ्जालमा पिडा पोखेर बेपत्ता भएका छन् । रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा ’सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बनेका हुन् । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ ।

खोजी कार्य र अन्तिम लोकेसनः
डा. श्रेष्ठले आफूले न्याय पाउने आधार नदेखेपछि ’मृत्यु स्वीकार्न लागेको’ भन्दै फेसबुकमा नोट लेखेका थिए । उनको खोजीका लागि काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन गरिएको छ, तर हालसम्म कुनै पत्तो लागेको छैन। प्रहरी स्रोतका अनुसार श्रेष्ठको फोनमा सम्पर्क हुन सकेको छैन भने उनकी पत्नीको फोन पनि उठिरहेको छैन। उनको फोनको अन्तिम लोकेसन काठमाडौंको गोपीकृष्ण हल परिसरमा देखिएकोले प्रहरीले सो क्षेत्रका सबै सीसीटीभी फुटेजहरू मगाएर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

डाक्टर श्रेष्ठको गुनासोः
डा. श्रेष्ठका अनुसार उनले करारको जागिरबाट सुरु गरी नेपाल प्रहरी हुँदै बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेका थिए। करिब २५ महिना जिल्ला अस्पतालमा सेवा गर्दा १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्य गरेका थिए ।

उनले फेसबुकमा लेखेका छन्, “दिन–रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागेँ । म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो ।“ उनले रामेछापकै कर्मचारी केदार कार्कीले मागेको पैसा नदिँदा र भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा आफूले कारबाही गरेका डाक्टरहरूलाई प्रयोग गरी झूटा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको आरोप लगाएका छन् ।

“बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्न बाध्य बनाइयो,“ उनले थपेका छन्, “मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाडी खोसियो, हाजिर पनि नगरेकोलाई गाडीमा रामेछाप पठाइयो। मलाई अमानवीय व्यवहार गरेर हेटौंडामा अलपत्र पारियो। सरुवा गरिएको छ हेटौंडा अस्पतालमा, तर हाजिर गराइएको छ मन्त्रालयमा। मलाई धेरै दुःख दिए, अहिले यो दुःख/पीडा सहन अनि सोच्न पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाएँ। कतैबाट केही साथ/सहयोग पाउन सकिनँ ।


सम्बन्धित समाचार
भर्खरै