४ असा, काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
९० वर्षीय शास्त्रीको सोमबार बिहान काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको थियो। पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे। पार्टीका अन्य पदाधिकारी, नेता(कार्यकर्तालगायत थुप्रै शुभेच्छुकहरू शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगेका थिए। शास्त्रीको पार्थिव शरीर आज बिहान ११ बजेसम्म पार्टी कार्यालयमै राखिनेछ।















