४ असार, काठमाडौं । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि नाम दर्ता सुरु गरेको छ।
दूतावासले सार्वजनिक सूचना जारी गर्दै इजरायलमा विकसित पछिल्लो परिस्थितिका कारण समस्यामा वा त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम थालेको जनाएको छ।
उद्धार गर्नुपर्ने वा स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकहरूलाई दूतावासले उपलब्ध गराएको वेब लिङ्कमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायलमा हाल करिब साढे पाँच हजार नेपाली नागरिक रहेको दूतावासले जानकारी दिएको छ। थप जानकारीका लागि दूतावासको आधिकारिक सूचना वा वेबसाइट हेर्न सक्नुहुन्छ।















