Logo

नेपाल कम्युनिस्ट पार्टी -एकीकृत समाजवादी_ ले हालसम्म छ वटा प्रदेश र ५० वटा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। यी अधिवेशनहरूबाट नयाँ कार्यसमितिहरू पनि चयन भएका छन्।

पार्टीका अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न भइसकेका छन्। केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले संगठनलाई थप सुदृढ बनाउनका लागि पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यहरूको भेला, सदस्यता विस्तार र राजनीतिक प्रशिक्षण सञ्चालन गरिने जानकारी दिएका छन्।

बाँकी प्रदेश तथा जिल्लाहरूमा पनि यथाशक्य चाँडो अधिवेशन सम्पन्न गरिने अर्यालले बताए।


सम्बन्धित समाचार
भर्खरै