Logo

default

६ असार, काठमाडौं । काठमाडौँ जिल्लामा अब कुनै पनि निषेधित क्षेत्र नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम, सभा-जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनले सो निषेधाज्ञा फिर्ता लिएको जानकारी गराएको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, मिति २०८२/०२÷१८ गतेको आदेशमार्फत काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको बेहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।

यसको अर्थ अब काठमाडौँ जिल्लाभरि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कुनै पनि विरोध प्रदर्शन वा सभा(जुलुस गर्न सकिनेछ।


सम्बन्धित समाचार