प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ असार, काठमाडौं । इजरायल र इरानबीच जारी युद्धका कारण ती देशमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउने विषयमा आज परराष्ट्र मन्त्रालयले महत्त्वपूर्ण छलफल गरेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो विषयमा गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन्। छलफलमा, ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न आह्वान गरिएको छ।

मन्त्री देउवाले युद्ध सुरु भएदेखि नै नेपालले त्यहाँको अवस्थालाई गम्भीर रूपमा हेरिरहेको र कोही नेपाली स्वदेश फर्कन चाहेमा उनीहरूलाई कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा छलफल भएको जानकारी दिइन्।

आजको बैठकले अन्य तीन मन्त्रालयका अधिकारीहरूलाई समेटेर परराष्ट्र मन्त्रालयमा चौबीसै घण्टा काम गर्ने एउटा युनिट खडा गर्ने निर्णय पनि गरेको छ। यसले उद्धार र समन्वय कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार