प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ असार, काठमाडौं । रामेछापको मन्थली नगरपालिका-६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ। यो घटना आइतबार बिहान भएको हो। यसअघि पनि पुल निर्माणको काम अन्तिम चरणमा पुगेका बेला कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो।

सडक विभागको पुल शाखाले आर्थिक वर्ष २०७८७९ मा टेन्डर आह्वान गरेपछि कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा यो पुल निर्माणको ठेक्का पाएको थियो। २०८२ साल भदौभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। यो पुल २३० मिटर लामो र ११ मिटर चौडा रहेको छ।

यो निर्माणाधीन पुलले सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्बर २ का खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको थियो। तामाकोशी नदीको पुल भाँचिएसँगै यसको निर्माण मापदण्ड र गुणस्तरमाथि प्रश्न उठेको मन्थली नगरपालिका(७ भटौलीका रामचन्द्र शर्माले बताउनुभयो।


सम्बन्धित समाचार