प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ असार, काठमाडौं । चितवनस्थित नारायणी नदीमा बगेका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

आइतबार भरतपुर महानगरपालिका–१ पुलचोकस्थित नारायणी नदीमा एक व्यक्ति बग्दै गरेको देखेपछि सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट खटिएको प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार गरिएका करिब ४०÷५० वर्षीय ती पुरुषको अवस्था सामान्य रहेको छ। उनको नाम र ठेगाना भने खुल्न सकेको छैन। उद्धारपछि उनलाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ।

 


सम्बन्धित समाचार