९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यस बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
असार ५ गतेदेखि सुरु भएको बजेटको मन्त्रालयगत छलफल अन्तर्गत विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र स्पष्टीकरणको जवाफ मन्त्रीहरूले आजदेखि दिन सुरु गर्नेछन्।
आज जवाफ दिने सम्भावित कार्यसूचीमा रहेका मन्त्रीहरू
वन तथा वातावरण मन्त्रीः ऐनबहादुर शाही ठकुरी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीः राजकुमार गुप्ता
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीः दीपक खड्का
रक्षा मन्त्रीःमानवीर राई
कृषि तथा पशुपन्छी विकास मन्त्रीःरामनाथ अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रीः प्रदीप पौडेल
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीःअजयकुमार चौरसिया
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीः बद्रीप्रसाद पाण्डे
युवा तथा खेलकुद मन्त्रीः तेजुलाल चौधरी
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीः देवेन्द्र दाहाल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीःनवलकिशोर साह सुडी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीः दामोदर भण्डारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीः बलराम अधिकारी
खानेपानी मन्त्रीः प्रदीप यादव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीः रघुजी पन्त
परराष्ट्र मन्त्रीःडा. आरजु राणा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीः शरतसिंह भण्डारी
गृह मन्त्रीःरमेश लेखक
सञ्चार तथा सूचना प्रविधि मन्त्रीः पृथ्वीसुब्बा गुरुङ
यी मन्त्रीहरूले आआफ्नो मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।















