Logo

९ असार,बारा । “शैक्षिक प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार“ भन्ने नाराका साथ बारा जिल्लाको सदरमुकाममा रहेको कलैया उपमहानगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ। यस सभामा कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

सोमबार नगर सभामा उपमेयर रौशन प्रवीणले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटले कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। उपमेयर प्रवीणले नगरको समग्र विकास, पूर्वाधार निर्माण र अन्य सामाजिक क्षेत्रमा यो बजेट खर्च गरिने जानकारी दिइन्। बजेटले स्थानीय आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ।

बजेट प्रस्तुत कार्यक्रममा मेयर विनोद साह, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नगरपालिकाका कर्मचारी, नगर कार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, सदस्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

 


सम्बन्धित समाचार