Logo

९ असार, महोत्तरी। महोत्तरीको मनरासिसवा नगरपालिका-३ सुनौलमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनौलका ७५ वर्षीय रामगुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार