Logo

१० असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा ११दशमलव ६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको जानकारी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भण्डारीले श्रम र रोजगारी मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।

मन्त्री भण्डारीले ठूलो संख्यामा नागरिक बेरोजगार हुनु र देशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसक्नु ठूलो चुनौती र चिन्ताको विषय रहेको औँल्याए। उनले नेपालभित्रै रोजगारीका उपयुक्त अवसरको कमी हुनुका साथै, उपलब्ध केही रोजगारीमा पनि सीप र ज्ञानको अभावका कारण विदेशी नागरिकहरूको संलग्नता रहेको बताए। वैदेशिक रोजगारीमा युवाहरूको बढ्दो आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु सरकारका लागि मुख्य चुनौती रहेको उनको भनाइ छ।

यस चुनौतीलाई सम्बोधन गर्न र बेरोजगारी दर घटाउन सरकारले आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकु अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी गराए।


सम्बन्धित समाचार