Logo

१० असार, काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा वृद्धि गरी १ हजार दिराम वा सोभन्दा बढी हुने निर्णय कार्यान्वयनमा ल्याएको छ।

सोमबार राजपत्रमा प्रकाशित सूचनासँगै यो निर्णय लागू भएको हो, जसअनुसार अब म्यानपावर कम्पनीहरूले तोकिएकोभन्दा कम तलबमा यूएईमा कामदार पठाउन पाउने छैनन्।

नयाँ तलबमान र यसको प्रभाव

गत जेठमा सरकारले न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरे पनि राजपत्रमा प्रकाशित भएपछि मात्र यो कार्यान्वयनमा आएको हो। यससँगै अब १ हजार दिराम वा त्यसभन्दा कम सुविधासहित आएको कुनै पनि मागपत्रलाई सरकारले प्रमाणीकरण गर्ने छैन। यसअघि यूएईमा अदक्ष कामदारका लागि न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो।

नयाँ व्यवस्थाअनुसार विभिन्न श्रेणीका कामदारका लागि तोकिएको न्यूनतम पारिश्रमिकः

अदक्ष कामदारः न्यूनतम पारिश्रमिक १ हजार दिराम र मासिक खाना खर्च ४ सय दिराम वा सोभन्दा बढी गरी कुल १ हजार ४ सय दिराम वा सोभन्दा माथि।
अर्धदक्ष कामदारः न्यूनतम पारिश्रमिक १ हजार २ सय दिराम वा सोभन्दा माथि, र खाना खर्च ४ सय दिराम गरी कुल १ हजार ६ सय दिराम वा सोभन्दा माथि।
दक्ष कामदारः न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम र खाना खर्च ४ सय दिराम वा सोभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम।
उच्च दक्ष कामदारः न्यूनतम पारिश्रमिक ६ हजार दिराम वा सोभन्दा माथि, जसमा खाना खर्च ४ सय दिराम जोडेर कुल ६ हजार ४ सय दिराम भन्दा माथि हुनुपर्नेछ।


सम्बन्धित समाचार