Logo

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२८३ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आज उक्त बजेट प्रस्तुत गरेकी हुन्।

बजेट विनियोजनमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ छुट्याइएको छ।

ललितपुर महानगरको यो बजेटले विभिन्न महत्त्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ। ती प्राथमिकता प्राप्त क्षेत्रहरूमा समृद्धि र सुशासन, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, पर्यावरण संरक्षण, आत्मनिर्भर अर्थतन्त्र निर्माण, गुणस्तरीय शिक्षा, घर(घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य र युवा रोजगार लगायतका विषयहरू समावेश छन्।

 


सम्बन्धित समाचार