Logo

११ असार,वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोलमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, सोमबार साँझ करिब ७स्४५ बजे खेल्ने क्रममा १ वर्षीया खुश्बु साह र १ वर्षीय रञ्जे साह प्लाइले मात्र छोपिएको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर डुबेका थिए। खुश्बु स्थानीय जगदीश साहकी छोरी हुन् भने रञ्जे गम्भीरा साहका छोरा हुन्।

डुबेको थाहा पाउने वित्तिकै परिवार र स्थानीयले उनीहरूलाई तत्काल उद्धार गरी चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए। तर, चिकित्सकले दुवै बालबालिकालाई मृत घोषणा गरे।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। हाल दुवै बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार
भर्खरै