Logo

११ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणमा इरानका १४ जना परमाणु वैज्ञानिकको ज्यान गएको छ। विगत १२ दिनदेखि जारी युद्धका क्रममा इजरायलले लक्षित आक्रमण गर्दा यी वैज्ञानिकहरू मारिएको समाचार संस्था एपीले जनाएको छ।

इरानले इजरायलले वैज्ञानिकहरूलाई नै निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। फ्रान्समा रहेका इजरायली राजदूत जोशुआ जार्का ले मृत्यु हुने वैज्ञानिकहरूमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर रहेको पुष्टि गर्नुभएको छ।

जार्काका अनुसार, एउटा आणविक कार्यक्रमको सम्पूर्ण समूह नै आक्रमणमा परेपछि इरानका लागि बाँकी आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न लगभग असम्भव भएको छ। उहाँले यस आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको बताउनुभयो। यद्यपि, केही विश्लेषकहरूले इरानसँग आणविक कार्यक्रमका लागि अझै अन्य वैज्ञानिकहरू रहेको टिप्पणी गरेका छन्।


सम्बन्धित समाचार