११ असार, काठमाडौं । काठमाडौँमा अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका-८ घर भई हाल काठमाडौँ महानगरपालिका-४ धुम्बाराही बस्ने २६ वर्षीय केशव रोकाया लाई प्रहरीले पक्राउ गरेको हो। रोकायाले काठमाडौँ महानगरपालिका-१४ स्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा दान बहादुर रोकायाको नाममा परीक्षा दिएको जानकारी पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, रोकायालाई शिक्षासम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।















