Logo

प्रतिकात्मक चित्र

११असार, काठमाडौं । काभ्रेको पाँचखालमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका(६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको थियो। सामान्य उपचारपछि सबै घाइतेहरूलाई डिस्चार्ज गरिसकिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँबाट मेलम्ची जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनामा संलग्न बसका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(७ का ३० वर्षीय मनोज बराईली लाई पाँचखाल प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार