Logo

९फागुन, वीरगञ्ज । पर्सा क्रिकेट लिग जिल्ला स्तरीय टी ट्वान्टी क्रिकेटको उपाधी नेशनल इन्फोटेकले जितेको छ । युनाईटेड क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै नेशनलले उपाधी हात पारेको हो ।

नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युनाईटेडले पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पछ्याउँदै नेशनल इन्फोटेक जवाफी ब्याटिङमा उत्रिएको थियो ।

पुरै २० ओभर खेलेर ७ विकेटकै क्षतिमा नेशनलले लक्ष्य भेट्टाउन सफल भएको अयोजक पर्सा क्रिकेट संघको उपाध्यक्ष मुर्तुजा हवारीले जानकारी दिनुभयो । वासिम अली मन्सुरी म्यान अफ दी म्याच घोषित हुनुभएको थियो ।

विजेता, उपविजेता टिमका खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई प्रतिनीधि सभा सदस्य प्रदिप यादव लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 


सम्बन्धित समाचार