Logo

३० असार, काठमार्डौं । अबदेखि त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाको विद्यालय प्रणालीमा लागू भएको छात्रवृत्तिको व्यवस्था प्रभावकारी भएको भन्दै त्यही प्रणाली विश्वविद्यालय तहमा समेत संस्थागत गर्दै अघि बढेको बताउनु भयो ।

जसअनुसार अबदेखि सबै विश्वविद्यालय र त्यसअन्तर्गतका सम्पूर्ण कलेजहरूले कम्तीमा पनि १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति प्रदान गर्नु पर्ने छ ।

सात वटै विश्वविद्यालयमयका उपकुलपतिहरूले १० प्रतिशत छात्रवृत्ति सुनिश्चितका लागि संयुक्त पहलकदमी लिएका हुन् ।

विश्वविद्यालयहरूको परिपत्र अनुसार अब सम्बन्धित क्याम्पसहरूले शैक्षित्र सत्र २०८३०८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रमहरूमा विद्यार्थी भर्ना लिँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे अवगत गराइएको छ ।

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको सूचनामा प्रदान गरिएको छात्रवृत्तिको विवरण आफ्नो कलेजको वेबसाइटमा सबैले देख्ने गरी अपलोड गरी सम्बन्धित डीनको कार्यालय र त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार