२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा ठुलो क्षति पुगेको छ । बाढीमा परेर हालसम्म १८ जना बेपत्ता भएका छन् ।
बेपत्तामध्ये ९ जना नेपाली, ८ जना चिनियाँ नागरिक र १ जना नेपाली प्रहरी रहेका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखिरहेको छ । यसबीचमा नदीको बीच भागमा फसेका ९ जनालाई सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार, एक जना प्रहरी अधिकारीले नदीको बीचमै सुरक्षित रहेको जानकारी गराएका छन् । बाढीले रसुवागढी जलविद्युत् आयोजना, भन्सार कार्यालय र आसपासका संरचनामा क्षति पुर्याएको छ । साथै, सुख्खा बन्दरगाहमा रहेका ७ वटा विद्युतीय सवारीसाधन (ईभी) पनि बगाएका छन् । प्रभावित क्षेत्रमा अहिले उद्धार र खोज कार्य तीव्र रूपमा भइरहेको छ ।

















