प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको बेनिघाटसम्मका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी हाल घट्दो क्रममा रहे पनि, यसको प्रभावले त्रिशूली नदी क्षेत्रमा जोखिम बढाएको विभागले जनाएको छ।

यसैगरी, चितवनको नारायणी नदी आसपासका क्षेत्रमा पनि जिल्ला प्रहरी कार्यालयले माइकिङ गर्दै सतर्क रहन अनुरोध गरेको छ। नदीमा पानीको बहाव बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको प्रहरीले बताएको छ। मनसुन सक्रिय रहेकाले नदी तथा खोलाको बहाव बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन र सूचनाहरूमा ध्यान दिन अपिल गरिएको छ।


सम्बन्धित समाचार